ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, अर्का घाइते

  डेटूडे खबर डेस्क
  १० माघ २०७८

                            

सिरहामा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छन भने अन्य एकजना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सिरहाको बिष्णुपुर गाउँपलिका २ गढियाको मुकेश कुमार यादव रहेका छन् भने सोही स्थानका प्रविण यादव घाइते भएका हुन् ।

आइतबार राति सिरहा चोहर्वा सडक खण्ड अन्तर्गत नरहा स्थित सिरहाबाट चोहर्वा तर्फ आउँदै गरेको उखु बोकेको स १ त ७९५ नम्बरको ट्याक्टरलाई पछाडिबाट स ८ प ७१९४ नम्बरको डिस्कोभर मोटरसाइकल अभरेक गर्न खोज्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना पश्चात भाग्दै गरेको ट्याक्टरलाई स्थानीयले नियन्त्रणमा लिएर नरहा प्रहरीमा बुझाइएको छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट