महोत्तरी पिपरा गाउँपालिकाको कार्यालयमा अख्तियारको छापा

  डेटूडे खबर डेस्क
  ११ माघ २०७८

                            

जनकपुरधाम – पिपरा गाउँपालिकाको कार्यालयमा आज अख्तियारले छापा परेको छ ।

अनियमितता भएको भन्दै सर्वदलीय संयुक्त आन्दोलन परिचालन समितिले कार्यालयको अगाडी धर्ना दिइरहेको बेला अख्तियारले छापा मारेको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवास महोत्तरीबाट  खटेको टोलीले कार्यालयबाट आवश्यक कागजातहरू नियन्त्रणमा लिएको छ।

बर्दिवास अख्तियारका सूचना अधिकारी मनिराम ज्ञवालीले गाउँपालिकाको कार्यालयबाट छानबिनका लागि केही फाइलहरू अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जानकारी दिए।

बर्दिबास अख्तियारको कार्यालयमा परेको उजुरीको आधारमा कागजपत्रहरू नियन्त्रणमा लिइएको उनले बताए । अख्तियारमा पिपरा गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरुलेले विभिन्न योजना अनियमितता गरेको भन्दै ३२ वटा उजुरी परेको छ।

गाउँपालिकामा भ्रष्टाचार, अपारदर्शिता, अनियमितता, अनुचित कार्य, गैरकानूनी गतिविधि विरुद्ध संयुक्त आन्दोलन परिचालन समितिले एक हप्तादेखी कार्यालयको अगाडी धर्ना दिँदै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट