सीके राउतका कार्यकर्ताद्वारा सरकारी गाडी ताेडफाेड, प्रदेश सांसद र मेयर घाइते

  डेटूडे खबर डेस्क
  १२ माघ २०७८

                            

जनकपुरमा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताको आक्रमणबाट मधेस प्रदेशका सांसद अशोक यादव र सर्लाहीको हरिवन नगरपालिका मेयर गणेश प्रसाईं घाइते भएका छन् ।

राष्ट्रिय सभा सदस्यको चुनावमा मतदान गर्न जाँदै गर्दा प्रदेश सांसद यादव र मेयर प्रसाईं सवार सरकारी नम्बरको गाडीमा जनमत पार्टीका कार्यकर्ताले आक्रमण गरेका थिए। सांसद यादवलाई जानकी मन्दिर नजिकै र मेयर प्रसाईंलाई राम मन्दिर नजिकै उनीहरूले आक्रमण गरेका थिए । सांसद यादवको हातमा चोट लागेको छ भने मेयर प्रसाईंकाे टाउकोमा चोट लागेको बताएको छ।  

आज  बिहानैदेखि जनमत पार्टीका कार्यकर्ताले ‘पहिले मल खाद देऊ अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरेका थिए । जनमत पार्टीका कार्यकर्ताले बाँसको लाठी बोकेर प्रदर्शन गर्न थालेपछि नियन्त्रण गर्न केही राउन्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।

प्रदर्शनकारीको सङ्ख्या बढ्दै गएपछि जनकपुरमा व्यापक प्रहरी परिचालन गरिएको छ । तोडफोडमा संलग्न केहीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट