१४७८ संक्रमित थपिए, १६३० जना डिस्चार्ज
डेटूडे खबर डेस्क
०६ असोज २०७८
६ असोज २०७८, डेटूडे खबर ।
जनकपुरधाम । नेपालमा गत २४ घण्टामा १४७८ कोभिड १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ९ सय ३० जनाको नमूना परीक्षणमा १४७८ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा १६३० जना संक्रमणमुक्त भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।