जर्मनीमा सोशियल डेमोक्रेट्स पार्टी एसपीडी ठूलो दल

डेटूडे खबर डेस्क
११ असोज २०७८
११ असोज २०७८, डेटूडे खबर ।
जनकपुरधाम । जर्मनीमा १६ बर्षसम्म चान्सलर रहनुभएकी एन्जेला मर्केलको राजनीतिक दलले त्यहाँको संघीय निर्वाचनमा पराजय ब्यहोरेको छ ।
निर्वाचनमा सेन्टर लेफ्ट सोशियल डेमोक्रेट्स पार्टी एसपीडीले २५.७ प्रतिशत मत पाएको छ भने मर्केलको दलले २४.१ प्रतिशत मत पाएको छ ।
झिनो मतान्तरले विजयी भएपनि एसपीडीले बहुमत नपाएका कारण गठबन्धनको सरकार बन्ने भएको छ ।
तेस्रो स्थानमा रहेको ग्रीन पार्टीले हालसम्मकै सबैभन्दा बढी १४.८ प्रतिशत मत पाएको छ ।
एसपीडीका नेता ओलाफ स्कोल्जले जनताले आफ्नो दललाई शासन गर्नका लागि मत दिएको बताउनुभयो ।