११५८ संक्रमित थपिए, १२ जनाको मृत्यु

  डेटूडे खबर डेस्क
  १२ असोज २०७८

                            

१२ असोज २०७८, डेटूडे खबर ।

जनकपुरधाम । नेपालमा गत २४ घण्टामा ११५८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

११६७२ जनाको आरटी/पीसीआर र २३३१ जनाको एन्टीजेन गरी १४ हजार ३ जनाको नमूना परीक्षण गर्दा ११५८ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा १ हजार ३ सय १८ जना डिस्चार्ज भएका छन् । सोही अवधिमा १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या १८ हजार ४ सय २२ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट