२४ घण्टामा १०६६ संक्रमित थपिए, ९३८ जना डिस्चार्ज

  डेटूडे खबर डेस्क
  १५ असोज २०७८

                            

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा १०६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

देशभर १३३६८ जनामा गरिएको नमूना परीक्षणमा १०६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ९३८ जना डिस्चार्ज भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट