अस्ट्रेलियाले आउँदो नोभेम्बरदेखि १८ महिना बन्द रहेको सीमा खोल्ने

डेटूडे खबर डेस्क
१५ असोज २०७८
जनकपुरधाम । अस्ट्रेलियामा कोरोना महामारी फैलिएको एक वर्षभन्दा धेरै समय अर्थात् १८ महिनापछि पहिलो पटक आफ्नो देशमा प्रवेश गर्न दिने गरी आउँदो नोभेम्बरदेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्दैछ ।
अहिले आफ्ना नागरिक र विशेष छुट प्राप्त व्यक्तिलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको बीबीसीले जनाएको छ ।
अस्ट्रेलियामा गएको वर्षको मार्चमा कोरोना सङ्क्रमणका कारण कडा सीमा नियम लागू गरिएको थियो । यहाँसम्म कि देशका नागरिकलाई नै देशबाट बाहिर जान प्रतिबन्ध थियो ।
कोरोना सङ्क्रमण फैलिनबाट रोक्नका लागि यस नीतिको सराहना पनि गरिएको थियो तर परिवारबाट टाढा हुनु परेका कारण यसको आलोचना पनि भएको