नेपालमा २४ घण्टामा ८४९ मा कोरोना पुष्टि, १२ जनाको मृत्यु
डेटूडे खबर डेस्क
२० असोज २०७८
जनकपुरधाम । पछिल्लो २४ घण्टामा नेपालमा ८४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर परीक्षणमा बुधबार थप ८४९ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख ९९ हजार ६१५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८९१ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७२ हजार २२९ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ ।
हालसम्म देशभर ४२ लाख ५६ हजार ८०३ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४६७ जना रहेका छन् भने आइसोलेसनमा रहनेको संख्या १६ हजार १९४ छ ।