यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकारलाई
                  
                            
                             डेटूडे खबर डेस्क  
                            
                             
                              २१ असोज २०७८  
  
                        
                            जनकपुरधाम । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजक गुरनाहलाई दिने घोषणा भएको छ । अब्दुलरजकलाई उपनिवेशवादको प्रभाव र संस्कृति र महाद्वीपकाे बीच खाडीमा शरणार्थीहरूको स्थितिको करुणामय चित्रणलाई लिएर सम्मानित गरिएको हो ।
अब्दुलरजक गुरनाहको जन्म सन् १९४८ मा भएको थियो र जान्जिबिरको द्वीपमा हुर्किएका थिए । उनी सन् १९६० को दशकमा शरणार्थीका रूपमा इङ्ल्यान्ड पुगेका थिए ।
गुरनाहको चौथो उपन्यास प्याराडाइज (१९९४) ले उनलाई लेखकको रूपमा पहिचान दिएको थियो । उनका १० उपन्यासका साथै लघु कथाहरू पनि प्रकाशित भएका छन् । उपाधिसँगै तान्जानियाका उपन्यासकारले १० मिलियन स्विडिश क्रोना पाउने छन् । 
गएको वर्ष यो विधाको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई दिइएको थियो । 
                        
                     
                    
                  
                            