सेयर बजारमा २०.५५ अंककाे वृद्धि, पाँच अर्बभन्दा बढीको कारोबार

  न्यूज डेस्क
  २४ पौष २०७९

                            

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । आज नेप्से परिसूचकमा २०.५५ अंकले वृद्धि भई २१६४.४८ विन्दुमा रोकिएको छ । आज ०.९६ प्रतिशतले सेयर बजार बढेकोे हो ।

बिहीबार सेयर बजार १८.०९ अंकले उकालो लागेको थियो । पाँच अर्बभन्दा बढीको कारोबार सेयर कारोबार भएको थियो । साथै, बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड ४१ लाख ९८८ कित्ता सेयर किनबेच हुँदा पाँच अर्बभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, हिमालय डिस्टिलरीकोे सर्वाधिक सेयर कारोबार भइरहेको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । दोश्रोमा शिभव् सिमेन्टका र तेश्रोमा रिडी पावर कम्पनीको बढीको सेयर बिक्री भएको छ । 

यता, खप्तड लघुवित्त र बाराही हाइड्रोपावर १० प्रतिशतले मूल्य वृद्धि भएको हो ।  न्यादी ग्रुप पावर, मनकामना स्मार्ट लघुवित्त र ग्लोबल आइएमइ समुन्नत योजना कम्पनीको करिब १० प्रतिशतले मूल्य वृद्धि भएको छ । 

कुल १३३ कम्पनीकाे सेयरमा वृद्धि भएकाे छ भने ७१ कम्पनीमा ओरालो लागेको छ । नाै कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसुचकहरू तीन कम्पनीबाहेक सबै उपसुचकमा हरियाली छाएको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट