२४ घण्टामा ४५५ जनामा संक्रमण पुष्टि, ८०४ जना डिस्चार्ज, ८ जनाको मृत्यु
डेटूडे खबर डेस्क
२८ असोज २०७८
जनकपुरधाम । नेपालमा २४ घण्टामा ४५५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
देशभर ६२१४ जनामा गरिएको नमूना परीक्षणमा ४५५ जनामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा ८०४ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोभिडबाट ११ हजार २ सय ६९ जनाको मृत्यु भइसकेको छ ।