कोरोनाविरुद्धको खोपको पूर्ण डोज लगाएकाहरुलाई अमेरिका प्रवेशमा अनुमति

  डेटूडे खबर डेस्क
  ३० असोज २०७८

                            

जनकपुरधाम । कोरोनाविरुद्ध खोपको पूर्ण डोज लगाएकाहरु नोभेम्बर ८ अर्थात आउने कात्तिक २२ गतेदेखि  अमेरिका जान  पाउने भएका छन् ।

कोरोनाको पूर्ण डोज खोप लगाएका विभिन्न ३३ देशका यात्रु आउँदो कात्तिक २२ गतेदेखि अमेरिका जान पाउने अमेरिकाले जनाएको छ । यो नियम हवाईमार्ग वा सडक मार्ग भएर अमेरिका जाने दुवैमा लागू हुने बीबीसीले जनाएको छ।  तर कोरोनाको पूरै डोज खोप भने अनिवार्य रुपमा लगाउनुपर्नेछ ।

नयाँ नियम अनुसार खोपको पूरै डोज लगाएका र ७२ घण्टा अगाडिको कोरोना भाइररस परीक्षणको  रिपोर्ट नेगेटिभ आएकाहरुका लागि अमेरिका प्रवेशका लागि अनुमति दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट