नेप्से परिसूचक दोहोरो अंकले घट्यो

  डेटूडे खबर डेस्क
  ०२ कार्तिक २०७८

                            

जनकपुरधाम । सेयर बजार झन्–झन् ओरोलो लाग्दै गएको छ। आइतबार केही सुधार देखिएको सेयर बजार मंगलबारसम्म आइपुग्दा ओरालो लाग्ने क्रम जारी छ। मंगलबार नेप्से सूचक ७७.३३ अंकले घटेर दुई हजार ५१०.७३ बिन्दुमा  पुगेर थामिएको छ।

नेप्से परिसूचक घटेसँगै आज सेयर खरिद–बिक्रीमा  पनि कमी आएको छ।  धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २२१ कम्पनीको  ९५ लाख ५७ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा तीन अर्ब ७७ करोड ७७ लाख  रुपैयाँबराबरको कारोबार भएको छ। आज कारोबारमा आएका सबै समूहको सूचक नकारात्मक बन्दा ११ कम्पनीको सेयर मूल्य मात्र झिनो अंकले बढेको छ।

यस दिन फाइनान्स, हाइड्रोपावर, विकास बैंक र जलविद्युत् समूह सर्वाधिक घटेको छ। यी समूहका लगानीकर्ताले तीनदेखि पाँच प्रतिशतसम्म गुमाएका छन्। नेपाल हाइड्रो डेभलाेपर्स र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा ९ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, अरुण हाइड्रोपावर कम्पनी, मैलुङ खोला जलविद्युत् परियोजना, पोखरा फाइनान्स कम्पनीको सेयर मूल्य ८ प्रतिशतले गिरावट आउँदा यी कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाउनुपरेको छ । 

आज माहुली सामुदायिक लघुवित्त, मानुषी लघुवित्त, माउन्टेन इनर्जी नेपाल, मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य चारदेखि दुई प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट