मुख्यमन्त्री राउतद्वारा मिथिला बाटिकाको समुद्घाट्न

डेटूडे खबर डेस्क
०६ कार्तिक २०७८
जनकपुरधाम। शनिबार मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोगसेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ॐ शान्ति मिथिला बाटिकाको आज एक कार्यक्रम बिच समुद्घाट्न गरेका छन्।
सेवा केन्द्र को नेपाल निर्देशक राज दादी माँको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले आजको भौतिक वादी युगमा मानिसलाई
अहिंसा को बाटोमा डोर्याउने सेवा केन्द्रको भूमिका प्रशन्सनिय रहेको बताएका छन ।
पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्र सङ्ग सम्बन्धि प्रशिक्षणहरु सञ्चालन हुने जनाईएको छ ।
समारोह प्रदेश सभा सदस्य राम अशिष यादव, शत्रुधन महतो, परमेश्वर साह, शारदा थापा सहित समाजसेवी हरुको विशेष सहभागिता रहेको थियो ।