पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि

  डेटूडे खबर डेस्क
  ०६ कार्तिक २०७८

                            

जनकपुरधाम । पछिल्लो २४ घण्टामा पाँच सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर विधिबाट गरेको परीक्षणमा चार सय ३८ र एन्टिजेन विधिको परीक्षणमा ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी ६ हजार नौ सय ३१ जनाको नमूना परीक्षण गरिएको थियो । योसहित नेपालमा पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख आठ हजार पाँच सय ३४ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९३ हजार नौ सय ८० जनामा सङ्क्रमण पुष्टि भएको छ ।  

यस्तै पछिल्लो २४ घण्टामा आठ सय १७ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ सय ३० जना पुगेको छ । थप आठ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित ज्यान गुमाउनेको सङ्ख्या ११ हजार तीन सय ४५ जना पुगेको छ । अहिले १० हजार पाँच सय ५९ जना सक्रिय सङ्क्रमित रहेकामा दुई सय ६८ जनाको आईसीयू र ८० जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

पछिल्लो २४ घण्टामा ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । योसहित पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६५ लाख ९८ हजार पाँच सय ३० जना र एक मात्रा खोप लगाउनेको सङ्ख्या ८६ लाख पाँच हजार ५५ जना पुगेको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट