२४ घण्टामा काेराेना सङ्क्रमण दर ४ प्रतिशत भन्दा तल

  डेटूडे खबर डेस्क
  १९ कार्तिक २०७८

                            

जनकपुरधाम । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण दर चार प्रतिशतभन्दा तल झरेको छ । चार हजार आठ सय ४४ जनाको नमुना परीक्षण गर्दा तीन दशमलव ७७ प्रतिशत अर्थात् एक सय ८३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज थपिएका एक सय ८३ जनासहित पीसीआर विधिबाट गरिएको परीक्षणमा आठ लाख १४ हजार दुई सय ८९ जनामा र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४ हजार आठ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ६ सय ४९ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९४ हजार चार सय ३८ पुगेको छ । 

यही अवधिमा दुई जना सङ्क्रमितकाे ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार चार सय ३८ पुगेको छ । अहिले नेपालमा आठ हजार चार सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

यस्तै २४ घण्टामा थप तीन हजार सात सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ७४ लाख ३३ हजार दुई सय ६६ जनाले पूर्ण मात्रा र ८७ लाख ३६ हजार ७८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट