राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना

  डेटूडे खबर डेस्क
  २३ कार्तिक २०७८

                            

जनकपुरधाम । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । 

मूल गणनाका लागि ४०  हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् ।  नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।


यसअघि ३० भदाैबाट सुरु भएको सूचीकरण १८ असाेजसम्म चलेको थियो । छुटेका व्यक्ति तथा परिवारले केन्द्रिय तथ्यांक विभागमा सम्पर्क गरी टिपाउन सक्नेछन् ।

तथ्यांक विभागले यसअघि असार ८ गतेदेखि जनगणना सुरु गर्ने तयारी गरेको थियो तर, कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि जनगणना कार्य स्थगित भएको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट