सबैलाई सही तथ्याङ्क उपलब्ध गराउन सभामुख सापकोटाको आग्रह

डेटूडे खबर डेस्क
२७ कार्तिक २०७८
काठमाडौं, २७ कार्तिक । सभामुख अग्नीप्रसाद सापकोटाले जनगणनाको काम भइरहेकाले सबैलाई सही तथ्याङ्क उपलब्ध गराउन आग्रह गर्नुभएको छ ।
राष्ट्रिय जनगणना लिन गएको राष्ट्रिय योजना आयोग र तथ्याङ्क विभागको टोलीसँग कुरा गर्दै उहाँले घरघरमा आउने गणकलाई सही जानकारी दिएर सहयोग गर्न सम्पूर्णमा आग्रह गर्नुभएको हो ।
राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले तथ्याङ्क सङ्कलन मात्र होइन यसको प्रयोग पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । सदस्य फुयाँलले समाजवादका आधार प्राप्त गर्नसमेत जनगणना आवश्यक रहेको उल्लेख गर्नुभयो । जनगणनालाई बौद्धिक युद्धको सङ्ज्ञा दिँदै फुयाँलले तथ्याङ्क नै अहिलेको समयको मूलशक्ति भएको बताउनुभयो ।
विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जनगणना सञ्चालनका प्रक्रिया र हाल भइरहेका कामका बारेमा सभामुख सापकोटालाई जानकारी गराउनुभयो ।