आज विश्व शौचालय दिवस

डेटूडे खबर डेस्क
०३ मंसिर २०७८
आज विश्व शौचालय दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।
विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो । यस वर्ष संयुक्त राष्ट्र संघले विश्व शौचालय दिवसको नारा ‘शौचालयको महत्व’ (Valuing Toilet) राखेको छ ।
नेपाल १३ असोज २०७६ मा नै खुला दिसामुक्त भैसकेको भएतापनि संघीय सरकारद्धारा जनता आवास कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट संचालित रहेको छ उक्त जनता आवास कार्यक्रम अन्तर्गत आर्थिक रुपले विपन्न, लोपोन्मुख, दलित, सिमान्तकृत जाति र समुदायका आवास निर्माण वर्षै भइरहेको छ तर उक्त घरहरुमा शौचालय भन्ने बन्ने गरेको छैन र अहिले पनि उक्त घर परिवारका व्यक्तिहरु खुला ठाउँमै दिशापिसाब गरिरहेका छन् ।
संयुक्त राष्ट्र संघका विभिन्न प्रकाशनमा जनाइए अनुसार अझै पनि ६७ करोड ३० लाख मानिसहरु खुला दिसापिसाब गर्ने उल्लेख छ ।
खुला स्थानमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला जस्ता रोग फैलिन गई आम नागरिकको स्वास्थ्यलाई असर पार्ने भएकाले शौचालय निर्माण र उपयोगको कार्यलाई प्राथमिकता दिने गरिएको छ ।