विद्यार्थीलाई कोरोना विरुद्धको खोप विद्यालयमै उपलब्ध गराउने तयारी

  डेटूडे खबर डेस्क
  ०८ मंसिर २०७८

                            

जनकपुरधाम, ०८ मंसिर । सरकारले सबै विद्यार्थीलाई विद्यालयमै खोप दिने व्यवस्था गर्न लागेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

बाह्र वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा स्वास्थ्यमन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि एक करोड डोज खोप बुक’ भइसकेको जानकारी दिनुभयो । मन्त्री खतिवडाले तीन करोड, २० लाख डोज खोप पाइपलाइनमा रहेको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट