आजदेखि ललितपुर महानगरले ,कोरोना प्रभावितलाई सहयोग उपलब्ध गराउने

  डेटूडे खबर डेस्क
  ०७ पौष २०७८

                            

जनकपुरधाम, ०७ पुस । ललितपुर महानगरपालिकाले कोरोना प्रभावितलाई आजदेखि सहयोग उपलब्ध गराउने भएको छ ।

कोरोना संक्रमणबाट ज्यान गुमाएकाहरुको परिवार, सङक्रमित भई आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएका र अस्पताल भर्ना भई सामान्य उपचार गराएकाहरुलाई राहत रकम वितरण गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिनुभयो । महानगरपालिकाले कोरोना भाइरसको सङक्रमणका कारण ज्यान गुमाउने व्यक्तिको परिवारलाई एक लाख २० हजार, आइसोलेशन वा भेन्टिलेटरमा उपचार गराएकालाई ६० हजार र सामान्य उपचार गराएकालाई ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराउने अर्यालले बताउनुभयो ।

महानगरपालिकाले सूचना निकालेर राहत रकमको लागि आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म महानगरपालिकाको सभा हलमा सम्पर्क गर्न अनुरोध गरेको छ । राहत रकमका लागि परिचय खुल्ने कागजात लिएर जानुपर्नेछ । यसअघि महानगरपालिकाको १०३ औँ स्थापना दिवसका दिन प्रतिवडा एक/एक जना गरेर २९ जनालाई रकम वितरण गरिसकेको पनि अधिकृत अर्यालले जानकारी दिनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट