जाडोमा छालालाई कसरी जोगाउने ?

  डेटूडे खबर डेस्क
  ०९ पौष २०७८

                            

जनकपुरधाम, ०९ मंसिर । 

जाडो महिनाको वातावरणमा मोइस्चर कम हुने र हावा सुख्खा हुने भएकाले छालामा विभिन्न समस्या देखिन सक्छन् । जाडोमा चिसोले नाक रातो हुने, कपालमा चाया पर्ने, आँखी भौँमा कत्ला आउने लगायत समस्या देखा पर्दछ । यसका साथै छाला सुख्खा हुने, हातखुट्टामा कत्ला पर्ने, चिलाउने, छाला रातो हुने लगायत समस्या आउन देखिन सक्छन् ।

कतिपय अवस्थामा लुतो पनि देखिन्छ । लुतो आउँदा औँलाका काप र पेटमा राति चिलाउने गर्छ । चिसोको प्रभावले हात खुट्टा सुन्निने, छाला रातो हुने, झमझमाउने, खुट्टा फुट्ने लगायत समस्या देखिन्छन् । यसका लागि मानिसले अनेकौं उत्पादनको प्रयोग गर्दछ । तर जाडोमा छालामा हुने समस्याबाट कसरी जागिने त ?

– धेरै तातो वा चिसो पानीले छालालाई असर गर्छ त्यसैले नुहाउन वा मुख धुन मनतातो पानीको प्रयोग गर्ने ।

– नुहाउँदा ५ देखि १० मिनेटसम्म नुहाउने अनि मोस्चराइजर क्रिमको प्रयोग गर्ने ।

– साबुनले छालालाई सुख्खा बनाउँछ त्यसैले मोस्चराइज हुने साबुन मात्र प्रयोग गर्ने ।

– छालालाई मुलायम राख्न भिटामिन ‘ई’ भएको क्रिम वा लोसनको नियमित प्रयोग गर्ने ।

– इलेक्ट्रिक हिटरको तापले छालालाई सुख्खा बनाउँछ त्यसैले धेरै समय हिटरको छेउमा नबस्ने ।

– घाममा धेरैबेर बस्दा घामको अत्यधिक रेडिएसनले छालाको क्यान्सर हुन सक्छ ।

– घाममा निस्किँदा सनस्क्रिनको प्रयोग गरेर मात्र निस्कने गर्नु पर्दछ ।

– बाक्लो, न्यानो र सफा कपडा मात्र लगाउने ।

– हातखुट्टामा बाक्लो पञ्जा र मोजाको प्रयोग गर्ने ।

– राति सुत्नु अघि सधैँ फेसवासले मुख धुने ।

– छालामा अन्य समस्या देखा परे तुरुन्त चिकित्सकको सल्लाह लिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट