सिराहा र सप्तरीबाट ७० किलो गाँजा बरामद

  डेटूडे खबर डेस्क
  १० पौष २०७८

                            

जनकपुरधाम, १० पुस ।  सशस्त्र प्रहरीले विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ ।

सिराहाको औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो । ३० किलो गाँजा भारत लैजाँदै गर्दा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिले बरामद गरेको हो । सप्तरीमा भने परालको कुन्यूमा लुकाएर राखेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरसाईनले बरामद गरेको गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट