३४ वर्षीया महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्कबाट आठ जना पक्राउ

  डेटूडे खबर डेस्क
  १४ पौष २०७८

                            

काठमाण्डाै, १४ पुस । सामूहिक बलात्कार गरेको आरोपमा काठमाण्डौको नयाँ बसपार्क, गोंगबुबाट ८ जना पक्राउ परेका छन् । एकजना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मुगुका सात तथा अर्घाखाँचीका एकजना रहेका छन् । उनीहरुले ३४ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गरेको आरोप छ । महानगरीय प्रहरी परिसर काठमाण्डौका  प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार  पक्राउ परेकाहरु वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका अनुमान छ । उनीहरुविरुद्ध उजुरी परेपछि सातजनालाई मंगलबार र एकजनालाई बुधबार बिहान पक्राउ गरिएको हो ।  पीडित महिलाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरी प्रवक्ता मैनालीले बताउनुभयो । उहाँका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट