बेलायतलाई उछिनेर विश्वको पाचौं ठूलो शेयर बजार बन्दै भारत

  डेटूडे खबर डेस्क
  ०५ असोज २०७८

                            

५ असोज २०७८, डेटूडे खबर ।

जनकपुरधाम । भारतीय शेयर बजारमा लगानीकर्ताहरुले पैसा खन्याइरहेका छन् । 

यसको आकार छिटै ५० खर्ब डलरभन्दा ठूलो हुँदैछ । अगामी तीन वर्षभित्र यो विश्वको पाचौं ठूलो शेयर बजार हुने अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान श्याख्सले बताएको हो ।

 भारतीय स्टार्ट–अप कम्पनीहरुले यस वर्षको अहिलेसम्मको अवधिमामात्रै आईपीओमार्फत १० अर्ब डलर उठाइसकेका छन् । यो विगत तीन वर्षमा आईपीओबाट संकलन गरिएकोभन्दा धेरै रकम भएको बैंकले एक प्रतिवेदनमा भनेको छ । आगामी दुई वर्षसम्म भावी आईपीओको पाइपलाइन पनि तीव्र नै रहने गोल्डम्यानका विश्लेषकहरुको भनाइ छ । 

बैंकको विश्लेषणअनुसार आगामी ३६ महीनामा भारीय शेयर बजारमा १५० ओटा निजी कम्पनीहरु सूचिकरण हुन सक्नेछन् । २ देखि ३ वर्षभित्र नयाँ आईपीओमार्फत शेयर बजारको पूँजीकरण करीब ४ खर्ब डलर थपिने आफूहरुको अनुमान भएको बैंकका विश्लेषकहरुले नोटमा बताएका छन् ।

यसले हाल २५ खर्ब डलर रहेको भारतको समग्र शेयर बजारको पूँजीकरण बढाएर सन् २०२४ मा ५० खर्ब डलरमाथि पुर्‍याउने छ । यसको अर्थ बेलायत र मध्यपूर्वलाई उछिनेर बजार पूँजीकरणको आधारमा विश्वको पाचौं ठूलो शेयर बजार हुनेछ भारत । एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट