अधिकृत संगम धनुषाद्वारा हाजिरी जवाफ प्रतियोगिता
डेटूडे खबर डेस्क
१६ असोज २०७८
जनकपुरधाम । संविधान दिवस २०७८ को अवसरमा अधिकृत संगम धनुषाले हाजिरी जवाफ प्रतियोगिता गरेको थियो ।
प्रतियोगितामा प्रदेश नं.२ को विभिन्न मन्त्रालय, कार्यालय एवं नगरपालिका, गाउँपालिकाका कार्मचारीहरुले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा जम्मा ६ जना समूह बनाइएको थियो ।
ग्रुप A देखी F सम्म ३ -३ जना को समूह बनाई प्रतियोगिता भएको थियो ।
प्रतियोगिताको विधिवत शुरुवात अधिकृत संगम धनुषाका अध्यक्ष दानिकान्त झाले गरेका थिए ।
प्रतियोगितामा जम्मा १० राउन्ड खेल भएको थियो क्लक वाइज र एन्टि कल्क वाइज ।
उक्त प्रतियोगितामा ग्रुप F ले ११ अंक सहित प्रथम, ग्रुप B ९.२ अंक सहित दोश्रो र ग्रुप E ९.१ अंक सहित तेस्रो तथा ग्रुप A ७.२ अंक सहित सान्तवना भएको थिए ।
कार्यक्रममा अधिकृत संगमका पादाधिकारी, विभिन्न मन्त्रालय एवं कार्यालयहरुमा कार्यरत निजामती कर्मचारीहरु थिए ।