पाँच आसन, जसले अनियमित मासिक स्रावबाट बचाउँछ
डेटूडे डेस्क
२३ आषाढ़ २०७८
मासिक धर्म चक्र महिलाको जिन्दगीको खास हिस्सा हुन् । यो एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो । यो पूर्व किशाेरावस्था वा किशोरावस्थादेखि शुरु हुन्छ । अर्थात् ८ वर्षदेखि १३ वा १४ वर्षको उमेरमा मासिक स्राव शुरु हुन्छ । यो नियमित रुपमा हुन्छ, महिनैपिच्छे । कतिलाई २८ दिनको अवधिमा हुन्छ भने कतिलाई ३२ दिन । यस अवधिभित्र नियमित रुपमा मासिक स्राव हुनुलाई सामान्य मानिन्छ ।
तर, कतिपयको मासिक स्राव सामान्य भइरहेको हुँदैन । कसैको अलि छिटो वा कसैको ढिलो हुनसक्छ । खासगरी हर्मोन्सको गडबडी, अधिक तनाव, गलत खानपान र खराब जीवनशैलीको कारण मासिक धर्म चक्र बिग्रन सक्छ । त्यसो त अनियमित मासिक स्राव त्यस्तो गंभीर समस्या होइन । तर, लामो समयसम्म यो कायम रहेमा समस्या बढ्न सक्छ ।