सेयर बजारमा १८ अंकको गिरावट

  डेटूडे खबर डेस्क
  २५ असोज २०७८

                            

जनकपुरधाम । सेयर बजारमा आइतबार १८ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६६२.५८ अंकमा झरेको छ ।
नेप्से सूचकसँगै कारोबार रकम पनि साढे ४ अर्बमा सीमित भएको छ । यसदिन २२० कम्पनीका ७२ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४९ करोड बराबरको कारोबार भएको छ ।
आइतबार नेप्सेसँगै अधिकांश समूहगत परिसूचक पनि ओरालो लागेका छन् । यसदिन फाइनान्स समूह ६.७६, जीवन बिमा ७३.८६ र म्युचुअल फण्ड समूह ०.११ अंकले वृद्धि भएको छ । यसैगरी बैंकिङ ६.३३ व्यापार १४.३७, होटल तथा टुरिजम ५८.४, विकास बैंक ५८.०२, जलविद्युत् ३३.०५ अंकले घटेका छन् ।
यसैगरी जीवन बिमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी समूह ०.६१ अंकले घटेका छन् । आइतबार १३८ कम्पनीको मूल्य घट्दा ४८ कम्पनीको वृद्धि भएको छ ।
बजार घटेपनि मैलुङ खोला जलविद्युत, जिवन विकास लघुवित्त, महिला लघुवित्त, सपोर्ट माइक्रोफाइनान्सलगायतका कम्पनीको मूल्य वृृद्धि भएको छ । यसैगरी शिभम् सिमेन्ट, माउन्टेन हाइड्रो, रिडी हाइड्रोपावर, आशा लघुवित्तलगायत कम्पनीको मूल्यमा गिरावट आएको छ ।

 

#सेयर बजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट