पर्सा राष्ट्रिय निकुञ्जमा शिकार खेल्न गएका पाँचजना हतियारसहित पक्राउ

  डेटूडे खबर डेस्क
  ०५ पौष २०७९

                            

वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा शिकार गर्न गएका ५ जना हतियारसहित पक्राउ परेका छन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ का झापस दास थारु, अकुअनिया टोलका नवराज बस्नेत, काभ्रे घर भइ हाल सखुवाप्रसौनी १ मै बस्ने दामोदर अधिकारी, वडा नम्बर १ खजुरिया निवासी विशाल सहनी र काभ्रेको नासिक गाविस ६ का मालदोङ्ग तामाङ पक्राउ परेका हुन् ।

उनीहरुलाई मृत पोथी जरायो र भाले जरायोको टाउको, शिकार गर्न प्रयोग भएका बा ५ त ७८०५ र प्रदेश २ ०२–०३–००१ च ३०९७ नम्बरका गाडी, १२ बोरको भरुवा बन्दुक १ थान, १२ राउण्ड गोली, पाँच थान मोबाइल, नगद दुई लाख ९० हजार ६३० रुपैयाँ रामदसहित वन संरक्षण टोलीले पक्राउ गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सुर्य खड्काले जानकारी दिए ।

‘शिकार खेल्न प्रयोग गरिएको हतियार, गाडी, मोबाइल, टाउकोमा गोली लागेको अवस्थामा मृत पोथी जरायो, अनि टाउको र सिङ मात्रै बाँकी रहेको भाले जरायो साथमा भेटिएको छ,’ उनले भने, ‘उनीहरुलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट