ताइवानको १३ तले भवनमा आगलागी, ४६ को मृत्यु, दर्जनौं घाइते

  डेटूडे खबर डेस्क
  २८ असोज २०७८

                            

ताइपेइ : दक्षिण ताइवानको एक १३ तले आवासीय भवनमा भीषण आगलागी भएको छ ।

बिहीबार भएको आगलागीमा परि ४६ को मृत्यु भएको छ भने दर्जनौं बढी मानिस घाइते भएका छन् । ताइवानको दक्षिण भेगमा पर्ने काओसिउङ अवस्थित १३ तले भवनमा बिहीबार बिहान ३ बजे आगलागी भएको थियो । आगलागीमा परि ४६ को मृत्यु भएको र ५५ भन्दा बढी घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । 

५५ घाइतेमध्ये १४ मानिस गम्भीर घाइते भएको र घाइतेलाई उपचारको लागि अस्पताल भर्ना गरिएको बताइएको छ ।

मृककको संख्या अझै बढ्ने आशंका गरिएको छ । आगलागीबाट भवनका अधिकांश तलाहरु ध्वस्त भएको त्यहाँको अग्नी नियन्त्रण विभागले जनाएको छ ।

सो भवन ४० वर्ष पुरानो रहेको र भवनको भुँइतलामा विभिन्न पसल राखिएको बताइएको छ ।

आगलागीको कारण भने हालसम्म नखुलेको अधिकारीहरुले जनाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट