वक्तित्वकलामा ५४ मध्ये ५ विद्यार्थी उत्कृष्ट

  डेटूडे खबर डेस्क
  ०२ फाल्गुण २०७९

                            

वक्तित्व कला प्रतियोगितामा उत्कृष्ट पांच छात्र /छात्राबीच अन्तिम प्रतिस्पर्धा जनकपुर साहित्य महोत्सव २०७९ को मुख्य आयोजन जानकी मन्दिर प्रांगणमा हुने छ । पहिलो चरणको छनौटका लागि पांच जना निर्णायक मंडलमा जनकपूरधाम उप महानगर पालिकाका शिक्षा शाखा प्रमुख मेहीलाल लाल यादव , जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनीष रमन साह, संचारकर्मी घनश्याम मिश्र, महिला नेतृ रुणा झा र रेणुका जीसी रहेका थिए ।

सोमबार पुनः विद्यालय स्तरीय कविता वाचन प्रतियोगिता हुने छ । प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका ५० बढ़ी छात्र छात्रा सहभागी हुने आयोजनले जानकारी दिएको छ ।
उत्कृष्ट हुनेहरुलाई ११ गतेदेखि आरम्भ हुने जनकपुर साहित्य महोत्सवको चौथो संस्करणमा प्रस्तुति पश्चात पहिलो दोश्रो र तेस्रो हुनेलाइ सम्मान पत्र सहित पुरस्कृत गर्ने कार्यक्रम रहेको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट