‘ओली ज्ञानेन्द्रपथमै जानुभयो, काँग्रेस–कम्युनिस्ट गठबन्धन अहिलेको आवश्यकता हो’

डेटूडे डेस्क
२३ आषाढ़ २०७८
नेकपा एमालेको माधव नेपाल पक्ष र नेकपा माओवादी केन्द्रसमेतले नेपाली काँग्रेससँग मिलेर विपक्षी गठबन्धन बनाएपछि यसबारे राजनीतिक बहस जारी छ । शनिबार बालुवाटारमा प्रधानमन्त्री ओलीले विपक्षी मोर्चाप्रति आक्रोश पोख्दै भने, ‘विपक्षी मोर्चा कसका विरुद्ध बनेको हो बताइदिनोस् त साथीहरू । यो विपक्षी मोर्चा कोभिड विरुद्ध लड्नलाई बनाएका हुन् यिनीहरूले ? बाढी पहिरोको विरुद्धमा जनतालाई राहत पुर्याउन त्यो मोर्चा खोल्या हो ?’