सेयर बजारमा ४४ अंकको पहिरो, कारोबार रकम साढे सात अर्बमा खुम्चियो

  डेटूडे खबर डेस्क
  २२ भदौ २०७८

                            

२२ भदौ २०७८, जनकपुरधाम ।

साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४४ अंकले घटेको छ। सुरुदेखि नै ओरालो लागेको नेप्से ४४ अंकले घटेर २९ सय ३६ अंकमा झरेको हो। 

आज १ करोड ५० लाख कित्ता सेयर ७ अर्ब ४९ करोड रुपैयाँमा किनबेच भएका छन्। आज अन्य र म्युचुअल फण्ड समूहमा मात्रै सुधार आएको छ। अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ। यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ।

जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२, निर्जीवन बीमा समूह २९०, लघुवित्त समूहमा १४६ अंकको गिरावट आएको छ। बजार घटे पनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ।

१० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ। आइतबार १०८.२६ अंकले घटेको सेयर बजारले सोमबार १६१.९४ अंकले बढेर आकर्षक बाउन्सब्याक गरेको थियो।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज युनाइटेड मोदी हाइड्रोपावरको सर्वाधिक ६१ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अरुण भ्याली हाइड्रोपावरको ३८ करोड ४२ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको १९ करोड १२ लाख रुपैयाँ, ज्योति विकास बैंकको १७ करोड ५७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको १६ करोड ४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १३ करोड ९१ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ७४ लाख रुपैयाँ, नेपाल बैंकको १२ करोड ७८ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको १२ करोड ६२ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको १२ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज सानिमा लाइफ इन्स्योरेन्सको सेयरभमूल्यमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट लागेको छ। युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य पनि ८ प्रतिशतको हाराहारीमा वृद्धि भएको छ।

यो दिन आरएमडीसी लघुवित्तको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा र रुरु जलविद्युतको सेयरमूल्य ७ प्रतिशतले ओरालो लागेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट