श्रोत नखुलेको १४ लाख ५० हजार नगदसहित एक पक्राउ

  डेटूडे खबर डेस्क
  २५ पौष २०७८

                            

रौतहट, २५ पुष । रौतहटको ईशनाथ नगरपालिकाको औरैयाबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको साढे चौध लाख रकम बरामद गरेको छ ।

ईशनाथ नगरपालिका-२ स्थित नेपाल भारत सिमाक्षेत्रको मनमोहन गेटबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई चेकजाँच गर्दा श्रोत नखुलेको १४ लाख ५० हजार रुपैंयाँ सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला तेलहराकला ७ का ३९ वर्षीय संजय कुमार जयसवाल रहेको ११ नम्बर गणका गणपति उपरिक्षक सूर्यसेन वलीले बताए ।

जयसवाल सवार बिआर ०५ पिजी ८०५६ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा सो रकम फेला परेको हो । सशस्त्र प्रहरीबल छिन्नमस्ता वाहिनी र ११ नम्बर गणको संयुक्त टोलीले सो रकमसहित जयसवाललाई पक्राउ गरेको उपरीक्षक वलीले बताए । बरामद भएको नगद सहितको व्यक्तिलाई आवश्यक कारवाहीका लागी भंसार कार्यालय पठाइएको उपरीक्षक वलीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट