नेप्से परिसूचक ३८.३५ अंकले गिरावट

डेटूडे खबर डेस्क
०६ माघ २०७८
जनकपुरधाम । सेयर बजार मापक नेप्से परिसूचक बुधबार पनि गिरावट आएको छ ।
बुधबार नेप्से परिसूचक ३८.३५ अंकले घटेर २ हजार ८९८.३१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ७.८१ अंकले घटेको छ । यसदिन कारोबारमा आएका २२८ कम्पनीको १ करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर ६ अर्ब २ करोड १३ लाख ११ हजार ८८१ रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । बुधबार कारोबार रकम पनि घटेको छ । मंगलबार ८ अर्ब बढीको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचकमा गिरावट आएको छ । जसमा व्यापार उपसमूह, फाइनान्स उपसमूह, विकास बैंक उपसमूहको सूचक भारी अंकले गिरावट आएको छ । यस दिन कारोबारमा आएको बुद्धभूमि हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ । सामलिङ पावरको ९.९६ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ४.२९ प्रतिशत र सेञ्चुरी बैंकको २.७९ प्रतिशतले बढेको छ ।
त्यस्तै, यता घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ४.३४ प्रतिशतले घटेको छ । कालिका लघुवित्तको ४.२३ प्रतिशत, मध्य भोटेकोसी हाइड्रोपावरको ३.८३ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३.६७ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा अपि पावरको सबैभन्दा धेरै २० करोड ३२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अन्य अरुण भ्याली हाइड्रोपावरको २० करोड, ७ लाख, जलविद्युत लगानी तथा विकास कम्पनीको १५ करोड ३१ लाख, अपर तामाकोसीको १५ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।