ओमानले नेपाललाई १ सय २१ रनको लक्ष्य दिए, सन्दीप र करणकाे ४–४ विकेट

  डेटूडे खबर डेस्क
  ०३ असोज २०७८

                            

३ असोज २०७८, डेटूडे खबर । 

जनकपुरधाम । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले ओमानलाई एक सय २१ रनमा अलआउट गरेकाे छ । 

ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे ओमान ३७ ओभर १ बलमा एक सय २१ रन बनाउँदै अलआउट भएकाे हाे । ओमानका लागि जेशान मक्सूदले सर्वाधिक ४१ रन बनाए । 

बलिङतर्फ नेपालका करण केसी र सन्दीप लामिछानेले चार–चार विकेट लिँदा शरद भेषवाकरले दुई विकेट लिए । भेषवाकरले आजकाे खेलमा पहिलाे एकदिवसीय विकेट लिएका हुन् । 

यस शृङ्खलाअन्तर्गत पछिल्ला दुई खेलमा नेपालले राम्राे प्रदर्शन गर्न सकेकाे थिएन । नेपाल ओमानसँग ५ विकेट र अमेरिकासँग ६ विकेटले पराजित भएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट