आईपीएलमा काेलकाताले दिल्लीलाई ३ विकेटले हरायाे

  डेटूडे खबर डेस्क
  १२ असोज २०७८

                            

जनकपुरधाम ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मङ्गलवार भएकाे पहिलाे खेलमा काेलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई हराएकाे छ । 

शारजाह क्रिकेट मैदानमा दिल्लीले दिएकाे एक सय २८ रनकाे लक्ष्य काेलकाताले १८ ओभर २ बलमा सात विकेट गुमाउँदै भेटायाे । काेलकाताका लागि नितिश रानाले अविजित ३६ रन बनाए । त्यस्तै शुभमन गिलले ३० रन बनाए । बलिङतर्फ दिल्लीका आवेश खानले तीन विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे दिल्लीले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै एक सय २७ रन बनायाे । दिल्लीका लागि स्टेभ स्मिथ र ऋषभ पन्तले समान ३९–३९ रन बनाए । बलिङतर्फ काेलकाताका लकी फर्गुसन, सुनील नरायन र वेङ्गटेश अय्यरले समान दुई–दुई विकेट लिए । 

याे जितसँगै काेलकाता ११ खेलमा १० अङ्कसहित तालिककाे चाैथाे स्थानमा उक्लिएकाे छ । समान खेलबाट १६ अङ्क बटुलेकाे दिल्ली भने तालिकाकाे दाेस्राे स्थानमा छ । 

प्रतियाेगिताकाे दाेस्राे खेलमा अहिले मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल भइरहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट