साफ च्याम्पियनसीप आजबाट सुरुः पहिलो खेलमा नेपाल र माल्दिभ्स भिड्दै

  डेटूडे खबर डेस्क
  १५ असोज २०७८

                            

जनकपुरधाम ।  दक्षिण एसियाको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसीपको १३ औं संस्करण आजबाट माल्दिभ्समा सुरु हुँदैछ ।

मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुई खेल हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्ससँग खेल्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति पौने १० बजे सुरु हुनेछ ।

 

साफको यो संस्करणमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

सहभागी सबै ५ टोलीले समुह चरणमा एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन् ।

नेपाली टिम पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ । नेपाल अहिलेसम्म साफको फाईनलमा पुग्न पनि सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट