बेङ्गलाेरले पञ्जावलाई ६ रनले हराउँदै प्लेअफमा
डेटूडे खबर डेस्क
१८ असोज २०७८
जनकपुरधाम । गएराति भएको आइपिएल खेलमा पञ्जाब किङ्ग्सलाई ६ रनले हराउँदै रोयल च्यालेन्जर्स बेङ्गलाेर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ ।
यूएईको शारजाहमा बेङ्गलाेरले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ६ विकेट गुमाएर एक सय ५८ रनमात्रै बनायो । प्लेअफमा पुग्ने आशा जीवितै राख्न पञ्जाबलाई आजको खेल जित्नैपर्ने थियो । तर हारपछि पञ्जाब लगभग बाहिरिएको छ ।
याेसँगै प्लेअफमा पुग्ने तीन टाेलीकाे टुङ्गाे लागेकाे छ । चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स र बेङ्गलाेर प्लेअफमा पुगेका हुन् । अब प्लेअफमा पुग्ने एक टाेलीकाे टुङ्गाे लाग्न बाँकी छ ।