नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनलमा

  डेटूडे खबर डेस्क
  २७ असोज २०७८

                            

जनकपुरधाम । नेपाल साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपटक बुधबार फाइनलमा पुगेको छ । बंगलादेशसँगको खेलमा अन्तिम समयमा नेपाली टिमले बराबरी गोल गरेपछि फाइनलमा पुगेको हो ।

सन् १९९३ देखि सुरु भएको प्रतियोगितामा नेपालले फाइनल पुगेको यो पहिलो पटक हो ।

खेलको ८७ औं मिनेटमा नेपालका अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्‍याएपछि नेपाल फाइनलमा प्रवेश गरेको हो । यसअघि बंगलादेशले मोहम्मद सुमन रेजाको गोलले अग्रता लिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट