साफ च्याम्पियनसिपपछि मुख्य प्रशिक्षक अल्मुताइरीले राजीनामा दिने घोषणा
डेटूडे खबर डेस्क
२७ असोज २०७८
जनकपुरधाम । साफ च्याम्पियनसिपपछि नेपाल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने घोषणा गर्नुभएको छ ।
बुधबार बंगलादेशविरुद्धको खेलपछिको माल्दिभ्सको राजधानी मालेमा भएको प्रेस कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले साफ च्याम्पियनसिपपछि राजीनामा दिने बताउनुभएको हो ।
अल्मुताइरीको प्रशिक्षणमा बुधबार नेपालले ऐतिहासिक सफलता हात पारेको छ । बुधबार नेपालले साफ च्याम्पियनसिपको इतिहासमा पहिलोपल्ट फाइनल यात्रा तय गरेको छ ।