साफ उपविजेता नेपाली टिमलाई जनही पाँच लाख
डेटूडे खबर डेस्क
०१ कार्तिक २०७८
जनकपुरधाम । सरकारले नेपाली फुटबलको राष्ट्रिय टिमका खेलाडीलाई जनही पाँच लाख रुपियाँ दिने भएको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले फुटबलका कोचहरुलाई तीन लाख दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।