कङ्गोमा कार्यरत नेपाली शान्तिरक्षक उत्कृष्ट महिला प्रहरी अधिकृत पुरस्कारद्वारा सम्मानित

  डेटूडे खबर डेस्क
  २२ कार्तिक २०७८

                            

जनकपुरधाम । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा जारी राष्ट्रसङ्घीय शान्ति स्थापना मिसन (मोनुस्को)मा सेवारत नेपालकी सुपरिवेक्षक संज्ञा मल्ल सन् २०२१ का लागि राष्ट्रसङ्घीय उत्कृष्ट महिला प्रहरी अधिकृत पुरस्कारद्वारा सम्मानित हुने संयुक्त राष्ट्रसङ्घको शान्ति कार्यसञ्चालन विभागले घोषणा गरेको छ ।

सुपरिपेक्षक मल्ललाई सो पुरस्कार ९ नोभेम्बरका दिन हुने एक भर्चुवल समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेजले प्रदान गर्नेछन् ।
सुपरिवेक्षक मल्ल हाल कङ्गोको राजधानी किनशासामा मोनुस्को प्रहरी स्वास्थ्य तथा वातावरण इकाईको प्रमुखका रुपमा कार्यरत छिन् ।

मल्लकै सहयोगमा स्थापित सो इकाईले मिसनका सदस्यहरुको स्वास्थ्य तथा कल्याणसम्बन्धी नीति तथा कार्यविधिका साथै राष्ट्रसङ्घीय प्रहरीको पर्यावरणसम्बन्धी कार्यक्रमहरुको कार्यान्वयन गर्ने जिम्मेवारी बहन गर्दछ । मल्लको योगदान प्रजातान्त्रिक गणतन्त्र कङ्गोेमा हाल जारी कोभिड–१९ र विगतको इबोला भाइरस महामारीको परिप्रेक्षमा उल्लेखनीय रहेको छ । साथै, गत मे महिनामा गोमा भएको ज्वालामुखी विस्फोटनजस्ता प्राकृतिक तथा मानवीय संकटहरुमा उनको इकाईले स्थानीय बासिन्दा र संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरुलाई पूर्वसावधानीका उपायहरु अवलम्बन गर्न सचेत गराएको थियो ।
“मल्लले हाल नेतृत्व गरिरहेको आफ्नै सहयोगमा स्थापित मोनुस्कोको स्वास्थ्य तथा वातावरण इकाईले कोभिड–१९ र अन्य प्रकोपहरुको जोखिम न्यूनीकरण गर्दै हाम्रा शान्तिरक्षकहरुको सुरक्षा र सुस्वास्थ्य सुनिश्चित गर्ने काम गरिरहेको छ,” संरासङ्घ महासचिव एन्टोनियो गुटेरेजले भने, “र उनले त्यसभन्दा पनि धेरै बृहत पक्ष अर्थात विश्वभरी शान्ति र सुरक्षा प्रवद्र्धन गर्नमा महिला प्रहरी अधिकृतहरुको धेरै योगदानहरुको प्रतिनिधित्व गर्दछिन् ।

आफ्नो काममार्फत सुपरिवेक्षक मल्लले संयुक्त राष्ट्रसङ्घको उत्कृष्टतालाई मूर्त रुप प्रदान गरेकी छिन् ।”
तालिमले चिकित्सा पेशाकर्मी सुपरिवेक्षक मल्लले कोभिड–१९ को संक्रमणको निवारण तथा न्यूनीकरणका लागि मार्गनिर्देशनको विकासमा सहयोग पु¥याएकी छिन् । स्थानीय बासिन्दा, कङ्गोका पदाधिकारी र संयुक्त राष्ट्रसङ्घका कर्मचारीहरुका लागि उनले यस बर्ष कोभिड–१९ निवारणका साथै वातवारणीय संरक्षणबारे ३०० भन्दा बढी जनचेतना कार्यक्रमहरुको आयोजना गरेकी छिन् ।

कोभिड–१९सम्बन्धी मोनुस्को प्रहरीको सम्पर्क व्यक्तिका रुपमा उनले खोपका बारेमा आवश्यक सूचनाको प्रचारप्रसार गर्ने र खोप लगाउने कार्यक्रमहरुको प्रवद्र्धन् पनि गर्दै आएकी छिन् ।
“यो पुरस्कार पाउँदा मैले सम्मानित महसुस गरेकी छु, र मलाई आशा छ कि यसले मेरो देशका साथै विश्वभरी धेरै भन्दा धेरै महिलाहरुलाई प्रहरी सेवामा लाग्न प्रोत्साहित गर्नेछ, किनभने यो सेवालाई अझै पनि “पुरुषको काम” भनेर नै हेर्ने गरिन्छ,” सुपरिवेक्षक मल्लले भनिन् ।
संयुक्त राष्ट्रसङ्घ बर्षको उत्कृष्ट महिला प्रहरी अधिकृत पुरस्कारको स्थापना सन् २०११ मा संरासङ्घ शान्ति स्थापना कार्यमा महिला प्रहरी अधिकृतहरुको अद्धितीय योगदानको सम्मान गर्न र महिला सशक्तीकरणको प्रवद्र्धन् गर्न भएको हो ।
“अन्य धेरै शान्तिरक्षकहरु सरह महामारीबीचको यो चुनौतीपूर्ण समयमा सुपरिवेक्षक मल्लले आफ्नो जिम्मेवारी अतिरिक्त काम गर्दै स्थानीय समुदायहरुलाई सेवा पु¥याएकी छिन्”, संयुक्त राष्ट्रसङ्घका प्रहरी सल्लाहकार लुइस क्यारिल्होले भने, “आफ्नो टोलीका साथमा उनले जनस्वास्थ्य र प्राकृतिक प्रकोपका बारेमा जनचेतना फैलाउन गरेको प्रयासले अन्ततः उनका समकक्षीहरुका साथै कङ्गोली जनतालाई सुरक्षित रहन सहयोग पु¥याएको छ, र प्रहरी सेवाको मुख्य जिम्मेवारी पनि यही नै हो ।”
सुपरिवेक्षक मल्लले यसअघि हाइटीस्थित संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसन (मिनुस्टाह)मा सन् २०१६ देखि २०१७मा काम गरेकी थिइन्, जहाँ उनी त्यहाँेको संगठित प्रहरी इकाईको चिकित्सा टोलीको सदस्य थिइन् । उनले नेपाल प्रहरीमा सन् २००८ मा निरिक्षक पदमा सेवा प्रवेश गरेकी हुन् ।
सो पुरस्कार नोभेम्बर ८ देखि १२ मा मनाइने १६औं राष्ट्रसङ्घीय प्रहरी सप्ताहका अवसरमा प्रदान गरिनेछ ।

यो बार्षिक कार्यक्रममा संयुक्त राष्ट्रसङ्घको प्रहरी विभागका प्रमुखहरु र शान्ति स्थापना मिसन, विशेष राजनीतिक मिसन र क्षेत्रीय कार्यालयका प्रहरी विज्ञ र राष्ट्रसङ्घको वरिष्ठ नेतृत्वबीच कार्यसम्पादन, आचरण तथा अनुशासन, सर्वसाधारणको सुरक्षा, द्वन्द्व निवारण, शान्तिको दिगोपना र राष्ट्रसङ्घीय प्रहरी सेवालाई प्रभावित गर्ने अन्य विषय तथा प्राथमिकताहरुबारेमा छलफल हुन्छ ।
हाल विश्वभरी जारी १४ वटा राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा झण्डै २७ प्रतिशत महिला समावेश रहेको ७ हजार ३०० जना राष्ट्रसङ्घीय प्रहरी कर्मचारीहरु परिचालित छन्, जहाँ उनीहरुले द्वन्द्व र द्वन्द्वोत्तर समयमा र अन्य संकटका अवस्थाहरुमा आतिथ्य राष्ट्रलाई सहयोग पु¥याउँदै अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा विस्तार गर्ने कार्य गर्दछन् ।
आजसम्म संयुक्त राष्ट्रसङ्घ प्रहरीले सन् २०२५का लागि निर्धारण गरेको सबै तहका कर्मचारीहरुका लागि लैङ्गिक समता रणनीतिका लक्ष्यहरु पूरा गरिसकेको छ । व्यक्तिगत प्रहरी अधिकृतहरुमा महिला प्रहरी अधिकृतको संख्या ३० प्रतिशत रहेको छ भने संगठित प्रहरी इकाईहरुमा १५ प्रतिशत रहेको छ । संयुक्त राष्ट्रसङ्घ मुख्यालयमा पेशागत पदहरुमा महिला प्रहरीको संख्या ४० प्रतिशत र कार्यक्षेत्रमा ३३ प्रतिशत रहेको छ ।

संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना मिसनअन्तर्गतका प्रहरी इकाईहरुमध्ये पचास प्रतिशत इकाईहरुको नेतृत्व महिलाहरुले गर्दछन् ।
पुरस्कार वितरण समारोह भर्चुवल रुपमा ९ नोभेम्बर का दिन १२ः३० युरोपियन स्टान्र्डड टाइम (इएसटी)मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट