नेपालले अमेरिकालाई ५ विकेटले हरायो

  डेटूडे खबर डेस्क
  २९ भदौ २०७८

                            

२८ भाद्र २०७८, डे2डेखबर ।

जनकपुरधाम । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा नेपालको पुरुष क्रिकेट टोलीले अमेरिकालाई पाँच विकेटले हराएको छ ।

अमेरिकाले दिएको २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितमा कुशल भुर्तेलले ८४ रन बनाए,  रोहित पौडेलले अविजित अर्धशतक एवं विनोद भण्डारी ३७ रन बनाएर आउट भए  ।

बलिङ तर्फ अमेरिकाका नोस्थुश केन्जिजे र निसर्ग पटेलले दुई-दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा नाै विकेट गुमाउँदै दुई सय ३० रन बनायाे । 

अमेरिकाका लागि माेनान्क पटेलले शतकीय पारी खेले । एक सय १४ बल खेलेका पटेलले एक छक्का र नाै चाैकाकाे मद्दतमा एक सय रन बनाएर आउट भए । 

बलिङतर्फ नेपालका विक्रम साेब, सन्दीप लामिछाने र सुशन भारीले दुई–दुई विकेट लिए । यस्तै कुशल मल्लले एक विकेट लिए ।  

लिगमा नेपाल चार खेलमा चार अङ्क जोडर नेपाल छैटाैँ स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा भोलि मङ्गलवार ओमानसँग खेल्नेछ । यस्तै तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार खेल्नेछ भने आइतवार ओमानसँग खेल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित पोस्ट